काठमाण्डु - त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयलाई अब केवल अध्ययन स्थल मात्र नभई अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने लक्ष्य अघि सारिएको छ । पुस्तकालयलाई आधुनिक अनुसन्धान केन्द्रका साथै डिजिटाइजेसनका रूपमा विकास गर्ने लक्ष्य राखिएको हो । पुस्तकालयले ज्ञान उत्पादन र अनुसन्धान प्रवद्र्धनतर्फ आफूलाई रूपान्तरण गर्ने योजना बनाइरहेको त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयका प्रमुख सागरराज सुवेदीले बताए ।…