दिपेन्द्र श्रेष्ठ स्पेन – 'नेपाली पोर्चुगलको सडकमा सुत्ने' विषयमा राससले समाचार सम्प्रेषण गरेको विषयलाई लिएर एनआरएनए पोर्चुगलका अध्यक्ष तिलक गैरेले विना मिति राखेर वक्तव्य जारी गरेपछि युरोपका पत्रकारहरुले त्यसको खरो प्रतिकारमा उत्रिएका छन् । नेपाल पत्रकार महासंघ युरोप शाखाका अध्यक्ष केजिन राईले एक वक्तब्य जारी गर्दै पत्रकारलाई धम्क्याउने काम तत्काल बन्द गर्न चेतावनी दिएका छन्…