नागरिक उड्डयन प्राधिकरणले गर्यो एकैदिन ३८ कर्मचारीको सरुवा

काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरणले एकै दिन ३८ जना कर्मचारीको सरुवा गरेको छ । कार्यसम्पादन सन्तोषजनक नभएका कर्मचारीलाई जिम्मेवारीबाट हटाउन भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले निर्देशन दिएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले व्यापक रूपमा कर्मचारीको सरुवा गरेको हो । प्राधिकरणका महानिर्देशक राजन पोखरेलले एकैदिन ३८ जनाको सरुवा गरेका हुन् । कार्यसम्पादन…