वाणीले विकनीमा ‘हरे राम’ लेखेपछि तानिइन् विवादमा

एजेन्सी – बलिउड अभिनेत्री वाणी कपुरले इन्स्टाग्राममा ‘हरे राम’ लेखेको विकनी लगाएको तस्बिर सेयर गरेपछि विवादमा तानिएकी छन् । उनले विकनीमा भगवानको नाम लेखेर धर्मप्रति अपमान गरेको भन्दै सामाजिक सञ्जालमा तीव्र विरोध भएको छ । टिप्पणीकर्ताहरूले जुनसुकै कपडालाई पनि फेसनको रूपमा प्रयोग गर्नेहरूलाई कडाभन्दा कडा कारबाही गरिनुपर्ने बताएका छन् । उनीविरुद्ध मुद्दासमेत दर्ता भएको छ…