मुख्यमन्त्री पोखरेलले भने : विपद् व्यवस्थापन एकद्वार प्रणालीबाट हुनुपर्छ

बुटवल - प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले विपद् व्यवस्थापन कोषको परिचालन एकद्वार प्रणालीबाट हुनुपर्ने बताएका छन् । मुख्यमन्त्री पोखरेलले प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेशअन्तर्गतका १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखसँगको विपत् सुरक्षा गोष्ठीको आज मणिग्राममा उद्घाटन गर्दै विपद् व्यवस्थापनको कामको नेतृत्व एउटै निकायबाट हुन सकेमात्र प्रभावकारी हुने…