काठमाडौं - अर्थमन्त्री डा. युवराज खतिवडा लगानी बोर्डको उपाध्यक्ष पदमा नियुक्त भएका छन् । बोर्डका अध्यक्ष समेत रहेका प्रधामन्त्री केपी शर्मा ओलीले लगानी बोर्ड ऐन, २०६८ को दफा३ ख बमोजिम आइतबार अर्थमन्त्रीलाई बोर्ड उपाध्यक्ष पदमा नियुक्त गरेका हुन्।