काठमाडौं- विश्वको सर्वोच्च शिखर सगरमाथा नाप्न २७ करोड रुपियाँ खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको छ। मापन प्रक्रियालाई टुंग्याउन सरकारले यस आर्थिक वर्ष १५ करोड रुपियाँ बजेट विनियोजन गरेको छ। यसअघि २ करोड रुपियाँ छुट्याइएकामा यस वर्ष बजेटको दायरा सरकारले फराकिलो बनाएको नापी विभागले जनाएको छ। विभागका महानिर्देशक गणेशदत्त भट्टले एक दर्जन बढी प्राविधिक टोलीले लेभलिङको…