काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले प्रगतिशिल र समाजवाद उन्मुख बजेट ल्याउने बताएका छन्। नेपाल कम्युनिस्ट पार्टीको दुवै सदनको संयुक्त बैठकलाई मंगलबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममा छुटेका महत्वपूर्ण कुराहरुलाई बजेटमा सम्बोधन गरिने बताए। परम्परागत ढंगले विकास निर्माणका काम अघि बढाउदा लक्ष्यमा पुग्न नसकिने बताउँदै अाेलीले यसका लागि विकासको नयाँ प्रविधि प्रयोग गर्नै पर्ने…