काठमाडाैं–गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले ठेक्का लिएर काममा ढिलासुस्ती गर्ने तथा कमसल काम गर्ने कार्यमा अब सरकार हेरेर नबस्ने निर्माण व्यवसायीहरुलाई स्पष्ट पारेका छन्। सोमबार गृहमन्त्रालयमा ज्ञापनपत्र बुझाउन आएका नेपाल निर्माण व्यवसायी महासंघका प्रतिनिधिमण्डलाई गृहमन्त्रीले विगतका कमजोरीलाई सच्याउन निर्देशन दिए। ‘विगतमा जे जस्तो काम गर्नुभयो, अब सच्चिएर काम गर्नुहोस् । यो सरकारले ढिलासुस्ती र अनियमिततालाई…