​नेकपाले पाएको जनमत विकास र स्थिरताका लागि : प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युुनिस्ट पार्टीले पाएको जनमत विकास र स्थिरताका लागि भएको बताएका छन्। शनिबार नेकपाको संसदीय दलको बैठकलाई संसद भवन बानेश्वरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्। ओलीले जनमतको कदर गर्दै दुई पार्टी एक भएर देश निर्माणमा लागेको बताए। ‘हामी कुनै अहंकार गर्न ठुलो पार्टी भएका होइनौ,’ उनले भने,…