काठमाडौं–काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले वुधबार सार्वजनिक खरिद नियमावली २०७४ र विद्यालय शिक्षा नियमावली २०७४ राजपत्रमार्फत सार्वजनिक गरेको छ। सार्वजनिक खरिद ऐन २०६३ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ का प्रावधान र व्यवस्थामा प्रतिकुल नहुने गरी स्थानीय सरकारले प्राप्त गरेको अधिकारको प्रयोग गरेर यी नियमावलीहरु ल्याइएका हुन्। यी नियमावलीमध्ये विद्यालय शिक्षा व्यवस्थापन नियमावलीका ८८ पृष्ठमा…