सुन तस्करीको नयाँ तरिका : बेल्टमा २ केजी सुन सहित भारतीय नागरिक पक्राउ

काठमाडौँ– त्रिभुवन विमानस्थलबाट एक भारतीय नागरिक सुन तस्करीको आशंकामा पक्राउ परेका छन् । प्रहरी र भन्सार कार्यालयले दुबईबाट आएका भारतीय नागरिक मोहम्मद हरिफलाई सोमबार बिहान पक्राउ गरेको हो । अन्य पदार्थमा धुलो सुन मिसाएर बेल्ट जस्तो बनाई सुन तस्करी गरेको आशंकामा दुबईबाट नेपाल आएका व्यक्तिलाई पक्राउ गरिएको विमानस्थल भन्सार प्रमुख नरायण सापकोटाले जानकारी दिए ।…