एसईई परीक्षा शान्तिपूर्ण रुपमा सम्पन्न

भक्तपुर - कक्षा १० को अन्तिम परीक्षाको रुपमा रहेको माध्यमिक शिक्षा परीक्षा अर्थात एसईई परीक्षा आज सम्पन्न भएको छ । यही चैत ८ गतेदेखि शुरु भएको एसईई परीक्षाको प्राविधिक धारतर्फ बाहेकको सम्पूर्ण परीक्षा देशभर शान्तिपूर्ण रुपमा सम्पन्न भएको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए । देशभरका एक हजार ९५६ परीक्षा केन्द्रबाट चार लाख ८५ हजार…