प्रधानन्यायाधीशको लागि तीन जनाको नाम सिफारिस

काठमाडौँ-  प्रधानन्यायाधीशको लागि न्याय परिषद्ले भावी तीन जना वरिष्ठ न्यायाधीशको नाम सिफारिस गरेको छ । प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले राजीनामा दिएपछि रिक्त रहेको पदमा परिषद्ले म‌ंगलबारको बैठकपछि कामु प्रधानन्यायाधीश दीपकराज जोशीसहित ओमप्रकाश मिश्र र चोलेन्द्रशमशेर जबराको नाम संवैधानिक परिषद्‍मा पठाएको हो । संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।