विदेशमा बस्नेलाई पनि मताधिकारको व्यवस्था गर्न सरकारलाई सर्वोच्चको आदेश

काठमाडौं- विदेशमा बस्ने नेपालीलाई पनि मताधिकारको व्यवस्था गर्न सर्वोच्च अदालतले सरकारलाई निर्देशनात्मक आदेश दिएको छ । अधिवक्ता प्रेमचन्द्र राईले मताधिकारको माग गर्दै दिएकाे उजुरीमा आज आधारमा न्यायधीशद्वय सपना प्रधान मल्ल र पुरुषोत्तम भण्डारीको संयुक्त इजलाशले अध्ययन र रोजगारीका क्रममा विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्था गर्न सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको हो । विदेशमा बस्ने…