काठमाण्डु– नेपाली कांग्रेस बागमती संसदीय दलको नेता पदका लागि इन्द्रबहादुर बानियाँ र मुख्यमन्त्री बहादुरसिंह लामाले उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार अविश्वासको प्रस्ताव पारित गर्दै दलको नेताबाट हटाएका लामाले पुनः बुधबार निर्वाचन प्रक्रियामा सहभागी भएका हुन्। मुख्यमन्त्री लामाले सांसद तीर्थ लामाको प्रस्ताव तथा अर्थमन्त्रीसमेत रहेका कुन्दन काफ्लेको समर्थनमा उम्मेदवारी दर्ता गराएका हुन्। आफ्नो विपक्षमा रहेका…