जाजरकोट- जिल्ला प्रहरी कार्यालय जानरकाेटले ठुलाे मात्रामा हातहतियार तथा बन्यजन्तुका अंगसहित बावुछाेरालार्इ प्रकाउ गरेकाे छ । जिल्लाकाे जुनीचाँदे गाउँपालिका–११ बस्ने ५८ वर्षीय चन्द्रबहादुर शाही र उनका छोरा २८ वर्षीय नेत्रबहादुर शाहीलाई अवैध घरेलु हातहतियार, विष्फोटक पदार्थ र जंगली जनावरका अंगहरु सहित बुधबार प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएकाे छ । प्रहरीले उनीहरुको घरबाट भरुवा बन्दुक ४ थान, बाह्रबोर…