डडेलधुरा– प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा ७ हजार मतले अगाडि छन्। डडेलधुरा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका देउवालाई माओवादी केन्द्रका खगराज भट्ट पछ्याइरहेका छन्। मतगणनाको पिछल्लो परिणाम अनुसार देउवाले १७ हजार चार सय ५ मत प्राप्त गर्दा वाम गठबन्धनका भट्टको १० हजार चार सय ८२ मत रहेको छ।