काठमाण्डु- नेकपा (एकीकृत समाजवादी) बागमती प्रदेश कमिटीको प्रथम अधिवेशन आगामी फागुन ३ देखि ५ गतेसम्म काठमाडौँमा हुने भएको छ । अधिवेशनमा सङ्गठनको सुदृढीकरण, समसामयिक विषयवस्तु, भावी कार्यदिशासहित आर्थिक, साङ्गठनिक तथा कार्ययोजनासम्बन्धी छलफल गरिने पार्टीले जनाएको छ । बागमती प्रदेशका १३ जिल्लाबाट करिब एक हजार प्रतिनिधि सहभागी हुने अधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गर्ने छ । महँगी…