पुँजीगत खर्च शतप्रतिशत सुनिश्चित गर्न खानेपानीमन्त्री यादवको निर्देशन

काठमाण्डु – खानेपानीमन्त्री प्रदीप यादवले खानेपानी क्षेत्रको तीव्र गतिमा विकास गर्न पुँजीगत खर्च प्रभावकारी बनाई शतप्रतिशत खर्च सुनिश्चित गर्न निर्देशन दिएका छन् । मन्त्री यादवको अध्यक्षतामा सोमबार मन्त्रालयमा आयोजना गरिएको वार्षिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै उनले पूँजीगत खर्च अत्यन्तै न्यून रहेकाले शतप्रतिशत खर्च सुनिश्चित गर्न मातहतका कर्मचारीलाई निर्देशन दिए…