काठमाडौं - कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनाल बलदेवले चीनमा कृषि पढ्न जाने विद्यार्थीको कोटा बढाउन चीन सरकारसँग आग्रह गरेका छन् । नेपालका लागि चीनियाँ राजदूत होउ यानकीसँग बिहीबार मन्त्रालयमा भएको भेटमा मन्त्री खनालले अहिले निक्कै थोरै संख्यामा नेपाली विद्यार्थी कृषि पढ्न चीन जाने गरेको भन्दै त्यो संख्या बढाउन आग्रह गरेका हुन् । आधिकारिक…