पोखरा–वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले सिमसार क्षेत्रको संरक्षण र व्यवस्थापन आवश्यक भएको बताएका छन्। विश्व सिमसार दिवसका अवसरमा वन तथा वातावरण मन्त्रालयले शनिबार पाेखरामा आयोजना गरेकाे ‘सिमसार तथा जलवायु परिवर्तन’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले भने, 'वातावरण संरक्षणमा सामूहिक प्रयास आवश्यक छ ।” मन्त्री बस्नेतले प्राकृतिक सम्पदाको संरक्षण र यसको बहुआयामिक उपयोग गर्नुपर्ने बताउँदै मुलुक सङ्घीयतामा…