काठमाडौं–अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दुई जना पूर्वमन्त्रीसहित १४ जनाविरुद्ध ३१ करोडको भ्रष्टाचार मुद्दा विशेष अदालतमा दायर गरेको छ। अख्तियारले तत्कालिन महिला, बालवालिका तथा समाज कल्याण मन्त्री एवं समाज कल्याण परिषद्का तत्कालिन अध्यक्ष बद्रीप्रसाद न्यौपाने र पूर्व श्रम तथा रोजगारमन्त्री टेकबहादुर गुरूङ समेत १४ जनाले ३१ करोड ५२ लाख हिनामिना गरेको दाबी गर्दै असुल हुनुपर्ने मागसहित…