पूर्वराष्ट्रपति भण्डारीद्वारा भूकम्पको क्षतिप्रति दुःख व्यक्त

काठमाण्डु – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले चीनको तिब्बतमा भूकम्पले पुर्‍याएको क्षति प्रति दुःख व्यक्त गरेकी छन् । तिब्बत केन्द्रबिन्दु भएर गएको भूकम्पले ठूलो जनधनको क्षति भएको भन्दै उनले दुःख व्यक्त गरिन् । ‘मित्रराष्ट्र चीनको तिब्बत केन्द्रबिन्दु भएर आज बिहान गएको शक्तिशाली भूकम्पका कारण ठूलो संख्यामा चिनियाँ नागरिकको ज्यान जानुका साथै घाइते भएकोमा म स्तब्ध भएको छु,’…