जिल्ला अदालत सिन्धुपाल्चोकका अधिवक्ता पुण्यप्रसाद पक्राउ

मेलम्ची - सिन्धुपाल्चोक जिल्ला अदालतका वैतनिक अधिवक्ता पुण्यप्रसाद खनाललाई प्रहरीले पक्राउ गरेको छ। सरकारी कागजात किर्ते अनुसन्धानका क्रममा अधिवक्ता खनाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। सिन्धुपाल्चोक बलेफी गाउँपालिका(४ का एक व्यक्तिको जन्मदर्ता किर्तेका अभियुक्तलाई छुटाउन सहयोग गरेको आरोप खनाललाई लागेको छ। खनालविरुद्ध कानुन व्यवसायी काउन्सिलमा पनि उजुरी परेको छ। चौतारा साँगाचोकगढी नगरपालिका पोखरेकी ‘ग’ भनिने…