काठमाण्डौ-काठमाण्डौ- उपप्रधान तथा पराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग नेपालका लागि तुर्केमिनिस्तानका गैरआवासीय राजदूत परखान्त एच दुड्र्येभले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । पराष्ट्र मन्त्रालयमा शुक्रवार भएको भेटवार्तामा परराष्ट्रमन्त्री महराले द्विपक्षीय परामर्श संयन्त्र गठन गरेर आपसी सहयोग र चासोका विषयलाई प्राथमिकताका साथ अगाडि बढाइने बताउनुभयो । उहाँले व्यापार, लगानी, खेलकुदलगायतका क्षेत्रमा पनि दुई देशबीच सहकार्य गर्न सकिने उल्लेख गर्नुभयो ।…