स्मार्ट जेब्रा क्रसिङ निर्माण गर्दै काठमाडौँ महानगरपालिका

काठमाडौँ - काठमाडौँ महानगरपालिकाले स्मार्ट जेब्रा क्रसिङ निर्माणको तयारी गरेको छ। अहिले कामपामा करिब १०० स्थानमा परम्परागत जेब्रा क्रसिङ छन्। मानिसको आवागमनको हिसाबले उक्त सङ्ख्या अत्यन्तै कम हो भने भएका स्थानमा पनि धेरै नदेखिने अवस्थामा छन्। त्यसैले मानिसको अत्यधिक चाप हुने स्थानमा कामपाले स्मार्ट जेब्रा क्रसिङ निर्माणको तयारी गरेको हो। कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले भने,…