काठमाडौं–एसियाली विकास बैंक एडिबीले नेपाललाई १७ अर्ब ऋण सहयोग गर्ने भएको छ। एडीबीले सहरी खानेपानी आपूर्ति तथा सरसफाई आयोजना र सासेक ऊर्जा प्रणाली विस्तार आयोजनाका लागि १६ अर्ब ९२ करोड रुपैयाँ ऋण सहयोग गर्ने भएको हो। सहयोगसम्बन्धी दुवै सम्झौतापत्रमा अर्थसचिव डा राजन खनाल र एडिबीका देशीय निर्देशक मुख्तोर खामुदखानोभले सोमबार हस्ताक्षर गरे। मुुलुकका २० नगरपालिकामा…