काठमाण्डु – नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा जनताले आशा गरे अनुसारको विकास हुन नसकेको बताएका छन् । बिहीबार ग्लोबल युथ पार्लामेण्टले आयोजना गरेको १६५ युवा सांसदको घोषणा तथा शपथ ग्रहण समारोहमा सम्बोधन गर्दै उनले नेपालमा धेरै राजनीतिक, सामाजिक परिवर्तनहरू भए पनि जनताले आशा गरे अनुसारको विकास नभएको कुरा वास्तविकता भएको बताए ।…