काठमाण्डु– सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुनासो व्यवस्थापन इकाई स्थापना गर्ने भएको छ । सेवाग्राहीको गुनासो सुनुवाइ तथा समाधानका लागि मन्त्रालयले गुनासो व्यवस्थापन इकाई स्थापना गर्ने भएको हो । मन्त्रीस्तरको निर्णयअनुसार मन्त्रालयले प्रवाह गर्ने सबै प्रकृतिका सेवा र सोको प्रक्रियाएवम् नतिजाका सम्बन्धमा गुनासो सम्बोधन गर्न क्षमता विकास महाशाखाअन्तर्गतको सुशासनशाखाले गुनासो व्यवस्थापनइकाइको रूपमा समेत कार्य…