जगदुल्ला आयोजना ठेक्का प्रक्रिया एक वर्ष ढिलो गर्दा ३ अर्ब ७५ करोड गुमिरहेको छ : जनार्दन शर्मा

काठमाण्डु– बुधबार बसेको संघीय संसद्को सार्वजनिक लेखा समितिको बैठकमा १०६ मेगावाट क्षमताको जगदुल्ला जलविद्युत आयोजनासम्बन्धी ठेक्का प्रक्रिया र यसमा उठेका विवादका विषयमा गम्भीर छलफल भएको छ । बैठकमा आयोजनामा देखिएको ढिलाइ, ठेक्का प्रक्रियामा देखिएको अनियमितताबारे छलफल भएको हो । नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा सांसद जनार्दन शर्माले आयोजनाको ढिलाइका कारण मुलुकलाई ठूलो आर्थिक घाटा भएको…