लहान - लामो समयदेखि तलब नपाएको भन्दै सिरहाको लहानस्थित पशुपति उच्च मावि लहानका शिक्षकले विद्यालयमा तालाबन्दी गरेका छन् । दशैँको मुखमा समेत तलब नपाएको भन्दै शिक्षकले विद्यालयको प्रशासन कोठा, प्रधानाध्यापकको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । नियमित पठनपाठन गर्दै आए पनि लामो समयदेखि तलब नपाएकाले विद्यालयमा तालाबन्दी गरिएको शिक्षक रामकुमार साहले जानकारी दिए । शिक्षकले आफूहरु…