काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (विप्लव) समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई काठमाडौं ल्याउने तयारी भएको छ । सर्वोच्चले यसअघि विश्वकर्मालाई ४८ घण्टाभित्र सर्वोच्चमा उपस्थित गराउन आदेश दिएको थियो । विश्वकर्माको गिरफ्तारीविरुद्ध उनका भाइले आइतबार सर्वोच्चमा दायर गरेको बन्दी प्रत्यक्षीकरण सम्बन्धीे रिटको सुनुवाइ गर्दै ४८ घण्टाभित्र बन्दीसहित सर्वोच्चमा उपस्थित गराउन सोमबार अन्तरिम आदेश जारी भएको थियो ।…