काठमाडौं– प्रधानन्यायाधिशमा कायममुुकायम प्रधानन्याधीश ओमप्रकाश मिश्रको नाम सिफारिस भएको छ। संवैधानिक परिषदको बिहीबारको बैठकले मिश्रलाईं प्रधान्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको हो। परिषदको सिफारिसलाई संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरे संवैधानिक व्यवस्था बमोजिम राष्ट्रपति विद्या भण्डारीले मिश्रलाई प्रधानन्यायाधीश नियुक्त गर्नेछिन्।मिश्र २०७१ जेठ १३ मा सर्वोच्च अदालतको स्थायी न्यायाधीश भएका हुन्। मिश्र विशेष अदालत हुँदै सर्वोच्च पुगेका…