कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित निम्बुखेडामा भएको निर्मला पन्त बलात्कार र हत्या प्रकरणले मंगलवार महेन्द्रनगरमा झडप भएको छ । प्रहरीले ‘नक्कली’ अभियुक्त सार्वजनिक गरेको विरोधमा स्थानीय वासिन्दाले जिल्ला प्रशासन कार्यालय कञ्चनपुर अगाडि प्रदर्शन गरेपछि भीड नियन्त्रण गर्न प्रहरीले ८ राउन्ड अश्रुग्याँस प्रहार गरेको छ । प्रहरीको अश्रुग्याँस प्रहारपछि प्रशासन कार्यालय अगाडिको भीड तितरवितर भएपनि प्रदर्शनकारी आक्रोशित…