काठमाडौं– उपत्यकाको खानेपानी सञ्जालमा शनिबारदेखि दैनिक ३ करोड लिटर पानी थपिएको छ। सभामुख कृष्णबहादुर महराले शनिबार महांकालस्थित पानी संकलन केन्द्रमा धाराको साँचो खोलेर खानेपानी थप्ने कार्यको शुभारम्भ गरेका हुन्। सुन्दरीजलस्थित प्रशोधन केन्द्रबाट प्रशोधित बाग्मतीको पानी महांकालको संकलन केन्द्रसम्म ल्याएर उपत्यकामा वितरण गर्न थालिएको हो । सो अवसरमा आयोजित विशेष समारोहमा बाेल्दै सभामुख महराले सुन्दरीजल प्रशोधन…