जनकपुरधाममा विवाहपञ्चमीको धुमधाम तयारी

जनकपुरधाम – पौराणिक मिथिलाञ्चल क्षेत्रमा प्रत्येक वर्ष सप्ताहव्यापी रूपमा मनाइने विवाहपञ्चमी महोत्सवको तयारी तीव्र रूपमा भइरहेको छ । जनकपुरधामको जानकी मन्दिर र बाह्रविघा मैदान, राममन्दिर, विवाह मण्डप लगायतका स्थानहरूमा दिनरात सरसफाइ, सजावट, स्टेज निर्माणका कार्यहरू भइरहेको छ । बिहीबारदेखि सुरु हुन लागेको ७ दिने विवाहपञ्चमी महोत्सवको तयारीका लागि जनकपुरधामका सम्पूर्ण निकायहरू सक्रिय रूपमा काम गरिरहेका…