काठमाडौँ - विश्वमा प्रत्येक ५९ जना बालबालिकामध्ये एकजनामा अटिजमको समस्या देखिए पनि नेपालमा कति बालबालिका यसबाट प्रभावित छन् भने यकिन तथ्यांक छैन । वर्षेनी १५ प्रतिशतका दरले अटिजमका रोगी थपिँदै गएकामा यसको उपचारका लागि अहिलेसम्म राज्यले कुनै ध्यान नदिएको सम्बन्धित सरोकारवालाले बताएका छन् । अटिजम हुनुको कारण वंशाणुगतलाई आधार माने पनि अझसम्म यसको मुख्य कारण…