ठेकेदारको बदमासीका कारण व्यापारिक मार्ग विस्तारमा ढिलासुस्ती

वीरगञ्ज - पथलैयादेखि परवानीपुर हुँदै एकीकृत जाँच चौकी (आइसिपी) सम्म २७ किलोमिटर छ लेनको व्यापारिक मार्ग ठेकेदारको लापर्बाहीका कारण समयमा पूरा हुन नसक्ने भएको छ । व्यापारिक मार्ग विस्तार आयोजना, वीरगञ्ज-पथलैया कार्यालयका अनुसार सो सडक निर्माणको क्रम अगाडि बढिसके पनि बजेटको अभाव, निर्माण सामग्रीको अभाव, विनियोजित बजेट खर्च भइसके पनि थप बजेट नआएको तथा ठेकेदारको…