संचारमन्त्रीले भने ‘काठमाडौंमै टेलिकमको टावर टिप्दैन के हेरेर बस्नुभएको छ’

काठमाडौं– नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बांस्कोटाले सरकारी सञ्चार माध्यममा विज्ञापन दिएर वर्षाैंसम्म भुक्तानी नदिनेलाई कारवाही गर्न निर्देशन दिएका छन् । सिंहदरबारस्थित मन्त्रालयमा सोमबार पद बहालीपछि आयोजित कार्यक्रममा मन्त्री बांस्कोटाले नेपाल टेलिभिजन, रेडियो नेपाल र गोरखापत्र संस्थानका विज्ञापनको बक्यौता उठ्नुपर्ने रकम तत्काल उठाउन र वर्षौंसम्म बेरुजु नराख्न निर्देशन दिएका हुन् । मन्त्री बाँस्कोटाले…