बाजुरा - बाजुराका अधिकांश स्थानीय तहका स्थानीयवासी सल्लाको रुखबाट निकालिएको झरो बाल्न बाध्य भएका छन् । स्थानीय तहको निर्वाचन भएको एक वर्ष बित्न लाग्दा पनि जनप्रतिनिधिले कुनै काम नगरेको भन्दै स्थानीयवासी आक्रोशित बन्दै गएका छन् । जिल्लाको दुर्गम क्षेत्रमा रहेको हिमाली गाउँपालिकाका करीब ९१ प्रतिशत स्थानीयबासी अझै झरो बाल्नुपर्ने वाध्य भएका छन् । जिल्लाका नौवटै…