काठमाण्डु – चीन भ्रमणबाट फर्किएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणको तयारी थालेका छन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री ओलीको भारत भ्रमण अंग्रेजी नयाँ वर्ष २०२५ जनवरी मध्यतिर हुने सम्भावना छ । नेपालले ९ जनवरीमा भ्रमण गर्ने मिति प्रस्ताव गरेको छ । प्रधानमन्त्री ओलीको भारत भ्रमणबारे छलफल गर्न परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा पुस…