काठमाण्डु-नेपाल पत्रकार महासंघको ६९ वर्षको इतिहासमा पहिलो पटक महिला नेतृत्व निर्वाचित भएको छ । शुक्रबार भएको महासंघको निर्वाचनबाट निर्मला शर्मा अध्यक्ष निर्वाचित भएकी छन् । यद्यपि यसको औपचारिक घोषणा आज दिउँसोमात्र हुने छ । उनले निकटम प्रतिद्वन्द्वी रमेश विष्टलाई पराजित गर्दै महासंघको नेतृत्व गर्ने निश्चित भएको हो । अध्यक्षमा देवीप्रसाद सापकोटा र लालसिंह लामा पनि…