काठमाण्डु – गृहमन्त्री ओमप्रकाश अर्यालले नवपुस्ताको जनभावना अनुरूप न्यायको अनुभूति दिलाउने गरी कार्य गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । आईतबार गृह मन्त्रालयमा आयोजित गृहसचिव रामेश्वर दंगालको अध्यक्षतामा बसेको नियमित एसएमटी बैठकमा विशेष उपस्थिति जनाउँदै मन्त्री अर्यालले सम्पूर्ण कर्मचारीहरूले एक्टिभिस्ट जसरी आ–आफ्नो जिम्मेवारी निर्वाह गरी सम्पूर्ण ध्यान निर्वाचन र यसको तयारीमा लाग्न समेत निर्देशन दिए…