पोखरा -नेपाल पत्रकार महासंघ कास्कीको आयोजना एवं पोखरा लेखनाथ महानगरपालिकाको सहयोगमा आजदेखि कास्कीको धितालस्थित अक्सफाममा डिजिटल पत्रकारिता तालीम शुरु भएको छ । प्रविधिको विकाससँगै सञ्चारमाध्यम र सञ्चारकर्मी पनि त्यही रुपमा अघि बढ्नुपर्ने वास्तविकतालाई दृष्टिगत गरी तीनदिने तालीम आयोजना गरिएको पत्रकार महासंघका अध्यक्ष दीपेन्द्र श्रेष्ठले जानकारी दिए । तालीमको शुभारम्भ कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले…