४ लाख बालबालिका विद्यालयबाहिर, सरकारी अभियान प्रभावहीन

काठमाडौं- विद्यालय जाने उमेर पूरा भए पनि पढ्न नपाएका बालबालिकालाई शिक्षाको मूलधारमा ल्याउन सरकारले हरेक वर्ष विभिन्न अभियान सञ्चालन गरे पनि प्रभावकारी बन्न सकेको छैन। अभियान निष्प्रभावी बन्दा संविधानले सुनिश्चित गरेको शिक्षा पाउने मौलिक हकबाट बालबालिका वञ्चित भएका छन्। उनीहरूको शिक्षाको अधिकार निश्चित गराउन सरकारी तथा गैरसरकारी क्षेत्रबाट लगानी भएको करोडौं रकम निष्प्रभावी देखिएको छ।…