लेखा समितिको सभापतिमा कांग्रेसका खड्का उम्मेदवार

काठमाण्डु– नेपाली कांग्रेसले प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिको सभपातिमा भरत खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। बिहीबार बसेको कांग्रेस संसदीय दलको बैठकले खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको हो। उनी प्रतिनिधि सभाको निर्वाचनमा डोटीबाट निर्वाचित भएका हुन्।