काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडलसँग भेटवार्ता गरेका छन् । राष्ट्रपति भवन शीतलनिवासमा भएको भेटमा मुलुकको समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, कानून सचिव उदयराज सापकोटा लगायत सहभागी रहेका थिए ।