साफ यू-२० महिला च्याम्पियनसिपमा नेपाल र श्रीलंका खेल्दै

काठमाण्डु - साफ यू-२० महिला च्याम्पियनसिपको डबल राउन्ड रोबिन लिगमा नेपालले श्रीलंकासँग बिहीबार दोस्रोपटक खेल्दैछ। मंगलबार भएको खेलमा श्रीलंकाविरुद्ध नेपाल ७-० ले विजयी भएको थियो। खेल बंगलादेशको बसुन्धरा स्पोर्ट्स मैदानमा नेपाली समयअनुसार दिउँसो पौने ३ बजेदेखि सुरु हुनेछ। नेपालले पहिलो खेलमा भुटानलाई ६-१ ले हराएको थियो भने दोस्रो खेलमा बंगलादेशसँग ३-२ ले पराजित भएको थियो।…