नैनीतालमा नेपाली विद्यार्थी मृत्यु प्रकरणको तीन बर्ष ,परिवार र शुभेच्छुकद्धारा माइतीघरमा प्रदर्शन

काठमाडौं – भारतको उत्तराखण्ड नैनीतालको सेरउड कलेजमा तीन बर्षअघि नेपाली विद्यार्थी सान प्रजापतिको रहस्यपूर्ण मृत्युमा संलग्नहरुमाथि कारबाहीको माग गर्दै आज माइतीघर मण्डंलामा परिवारजन तथा आफन्तले प्रदर्शन गरेका छन् ।   जस्टिस फर सान लेखिएको प्लेकार्डसहित सयौं शुभेच्छुकहरु जम्मा भएर दोषीमाथि कारबाहीको माग गरेका छन् । प्रदर्शनमा नेपाली सिने क्षेत्रका स्थापित कलाकार, खेलाडी, बैंकर, व्यासायी, मृतककी…